मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू–१९ विश्वकपमा नेपाल आज भारतसँग भिड्दै 

काठमाडौँ – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

सुपर सिक्सको दोस्रो खेलमा अन्तिम खेल भारतसंग खेल्न लागेको नेपाल विश्वकप दौडबाट भने दुई खेल अगावै बाहिरिइसकेको छ । आजको खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदै छ। 

नेपाल सुपर सिक्सको पहिलो खेलमा  बंगलादेशसँग पराजित भएको थियो । बुधबार भएको खेलमा बंगलादेशसँग  ५ विकेटले पराजित भएको नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यस्तै

दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो ।

सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।

यद्यपि भारतसँग भने नेपालले पछिल्ला कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेको छैन । दुई महिना अगाडि मात्र एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको थियो ।

विश्वकपमा भने भारतसँग आज तेस्रो पटक प्रतिस्पर्धा गर्न  नेपाल यसअघिका दुवै खेलमा पनि पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?