मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आहा रारा गोल्डकप : फाइनल पुग्न आर्मी र चर्च ब्वाइज भिड्दै

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेल जित्ने टोलीले भोलि हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आहा रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक खेल्न लागेका हुन् ।

बाइ पाएर सिधै क्वर्टरफाइनल पुगेको चर्च ब्वाइज नेपाल पुलिसलाई हराएर सेमिफाइनलमा पुगेको हो भने आर्मीले संकटालाई हराएको थियो ।

एक विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?