मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडा-११ लाई नेपाल ए ले दियो १८२ रनको लक्ष्य

काठमाडौं– नेपाल ए ले क्यानडा-११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको हो ।

नेपाल ए का लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिशत जिसीले १९-१९ रन बनाएका थिए ।

क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष थाकरले २-२ विकेट लिएका थिए ।

३ खेलको सिरिजमा १-१ को बराबरी रहेकाले यो खेल जित्नेले सिरिज जित्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?