मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेट

नेपाल ए र क्यानडा- ११ बीचको सिरिजको निर्णायक खेल आज

काठमाडौँ – नेपाल ए र क्यानडा– ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदै छ । खेल बिहान ९.३० बजेबाट मुलपानी क्रिकेट मैदानमा शुरु हुने छ ।

यो सिरिजमा १–१ को बराबरीमा रहेका नेपाल ११ र क्यानडामध्ये आज जित्ने टिम सिरिजको विजेता बन्ने छ । 

नेपाल क्रिकेट संघले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो । क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

टीममा भण्डारीसहित आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । 

क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग– २ को यात्रा शुरु गर्दै छ ।

आजको खेलपछि क्यानडा युएई जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?