मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको १ सय रन पूरा, लगत्तै आशिफ शेख आउट

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले अहिले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालको १ सय रन पूरा भएको छ । खेलको १९ औँ ओभर ३ बलमा नेपालको १ सय रन पूरा भएको हो ।

यसैबीच, नेपालले १ सय रन पूरा गरेको २ बललगत्तै आशिफ शेख आउट भएका छन् । उनी बर्नाड शोल्जको बलमा एलबीडब्लू आउट भए ।

आउट हुनुअघि उनले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । उनको स्थानमा कप्तान रोहित पौडेल क्रिजमा आएका छन् । यससँगै नेपालले चौथो विकेट गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?