मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल ए 

काठमाडौँ – एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपाल–ए ले  क्यानडा–११ विरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज टोली नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् ।

आज नेपालले पहिलो खेलभन्दा दुई परिवर्तन गरेको छ । नियमित कप्तान विनोद भण्डारी र प्रतिश जिसीलाई विश्राम दिएर शेर मल्ल र रिजन ढकाललाई मौका दिएको छ । 

पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

दोस्रो  सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?