मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलकुद

नेपाल ‘ए’ले क्यानडा ११ विरुद्ध आज दोस्रो एक दिवसीय क्रिकेट खेल्दै

काठमाडौँ – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ।

खेल मंगलबार बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल ‘ए’ टिमले यसअघि आइतबार क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलेको थियो ।

पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

दोस्रो  सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्ने छ ।

राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रूपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो। यो टिमको कप्तान विनोद भण्डारी हुन्।

नेपाल ‘ए’मा ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू– १९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?