मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इंग्लिस प्रिमियर लिग : लुटन टाउनमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाईटेडले लुटन टाउनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

युनाईटेडको जितका लागि दुबै गोल रास्मस होजलन्डले गरे । खेलको पहिलो मिनेटमै गोल गर्दै हजलन्डले म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको सातौँ मिनेटमा गोल गर्दै यसलाई दोब्बर पारेका उनको यही योगदान नै युनाईटेडका लागि जित निकाल्न काफी भयो । 

उता लुटन टाउनका कार्लटन मोरिसले खेलको १४औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरे । तर, त्यसपछि दुवै टोलीले कुनै पनि गोल गर्न नसक्दा म्यानचेस्टर युनाइटेड २–१ गोलले विजयी भयो ।

लिगमा युनाइटेडको यो लगातार चौथो जित हो र यससँगै क्लबको शीर्ष चारको सम्भावना ब्युँझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?