मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

काठमाडौं- पोखरामा आज सम्पन्न १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन् । नेपाली खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकले उपाधि चुमेका हुन् ।

उनले निर्धारित ४२.१९५ किलोमिटर दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर नगद रु पाँच लाख पुरस्कार प्राप्त गरे । यसैगरी, केन्याकै अर्का धावक इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्डमा दौड पूरा गरेर उपविजेताको पुरस्कार हासिल गरे । पुरस्कारको राशि रु तीन लाख छ । अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय हुँदै रु दुई लाख पुरस्कार प्राप्त गरे ।

नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा समेटिए । उनले उक्त दूरी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा पूरा गरेका थिए । प्रोत्साहनस्वरुप उनलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

यसैगरी, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले निर्धारित २१ किलोमिटर एक घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गर्दै नगद रु एक लाख ५० हजार प्राप्त गरिन् । केन्याली अवीजल जेरोप एक घण्टा १९ मिनेट दुई सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो हुँदा राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरिन् । नेपालकी फूलमती रानाले एक घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?