मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जीत

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए । नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।

३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए । त्यसैगरी, ४५ बल खेलेका आशिफ शेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए । यसअघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा समेटियो । नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?