मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता शाहरुख खानका यी ‘ब्लकबस्टर’ फिल्म

मुम्बई– अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ गत २१ डिसेम्बरबाट प्रदर्शनमा आइसकेको छ । राजकुमार हिरानी निर्देशित यो फिल्मले समीक्षकबाट औसत प्रतिक्रिया पाए पनि उच्चतम व्यापार गरेर सफल चलचित्रका सूचीमा आइसकेको छ ।

शाहरुखले अभिनय गरेका कैयन् फिल्म दर्शकले स्मरण गरिरहन्छन् । बलिउडमा उनलाई ‘किङ खान’ को उपाधि दिइएको छ । आज हामी तिनै किङ खानका केही त्यस्ता फिल्मको कुरा गर्दैछौँ, जो तत्कालीन समयमा ब्लकबस्टर बनेका थिए ।

डर
सन् १९९३ मा रिलिज यो फिल्ममा शाहरुखले भिलेनको भूमिका निभाएका थिए । यो फिल्ममा उनीबाहेक जूही चावला र सनी देओल पनि थिए । फिल्ममा सनी भए पनि दर्शकको ध्यान भने शाहरुखले राहुल मेहरा चरित्रबाट आफूतिर ताने । फिल्ममा उनी साइको प्रेमी बनेका थिए । जो जूहीलाई पाउनका लागि जुनसुकै हदसम्म पुग्ने पात्रको भूमिकामा थिए ।

करण–अर्जुन
सन् १९९५ मा रिलिज भएको यो फिल्ममा शाहरुख खान र सलमान खानको अभिनय थियो । फिल्मको निर्देशन राकेश रोशनले गरेका थिए । फिल्ममा शाहरुखले अर्जुन सिंहको भूमिका निर्वाह गरेका थिए । पुनर्जन्मको कथा बोल्ने यो मसालेदार फिल्ममा जबरदस्त एक्सन पनि थियो । यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भएको थियो ।

दिलवाले दुल्हनिया ले जाएङ्गे
यो फिल्मलाई बलिउडको ‘अल टाइम ब्लकबस्टर फिल्म’ मानिन्छ । फिल्ममा शाहरुख र काजोलको प्रमुख भूमिका थियो । फिल्ममा अमरीश पुरीको भूमिकालाई पनि दर्शकले उत्तिकै मनपराएका थिए । सन् १९९५ मा यशराज ब्यानरमा निर्माण भएको यो फिल्मले थिएटरमा सर्वाधिक समय रिलिज हुने फिल्मको रेकर्ड राखेको थियो । मुम्बईको मराठा मन्दिर थिएटरमा यो फिल्म १ हजार ९ हप्ता अर्थात् २० वर्षसम्म प्रदर्शन भएको थियो ।

कुछ कुछ होता है
करण जोहारको डेब्यू निर्देशन रहेको यो फिल्ममा शाहरुखका साथ काजोल र रानी मुखर्जीको अभिनय थियो । फिल्ममा सलमान खानले केमियो भूमिका निर्वाह गरेका थिए । सन् १९९८ मा रिलिज त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मले भारतमा त्यतिबेला सर्वाधिक कमाइ गरेको थियो ।

मोहब्बते
२३ वर्षअघि रिलिज भएको शाहरुख खान, ऐश्वर्या राय, अमिताभ बच्चन अभिनित यो फिल्म ब्लकबस्टर बनेको थियो । यो फिल्मबाट कैयौं कलाकारले डेब्यू गरेका थिए । फिल्मबाट यश चोपडाका छोरा उदय चोपडाले पनि डेब्यू गरेका थिए ।

चेन्नई एक्सप्रेस
सन् २०१३ मा रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘चेन्नई एक्सप्रेस’ले बक्सअफिसमा धमाल मच्चाएको थियो । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोणको प्रमुख भूमिकामा अभिनय थियो ।

पठान
सन् २०२३ मा रिलिज ‘पठान’ फिल्म ‘चेन्नई एक्सप्रेस’ पनि शाहरुखको पहिलो ब्लकबस्टर फिल्म थियो । यद्यपि ‘चेन्नई एक्सप्रेस’ र ‘पठान’ बीच शाहरुखले केही हिट र सुपरहिट फिल्म त दिए, तर कुनै पनि ब्लकबस्टर साबित हुन सकेनन् । तर ‘पठान’ पछि शाहरुखको ब्लकबस्टरको खडेरी तोडियो ।

जवान
सेप्टेम्बर २०२३ मा रिलिज ‘जवान’ पनि ब्लकबस्टर साबित भयो । शाहरुखले एकै वर्षमा ‘ब्याक टु ब्याक’ दुई ब्लकबस्टर फिल्म दिए । ‘जवान’मा उनले दोहोरो भूमिका निभाएका थिए । त्यहीकारण फिल्मले दोहोरो सफलता पनि पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?