मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी विश्वकप लिग २

नामिबियासँग नेपाल पराजित

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३३ रनको लक्ष्य नामिबियाले केबल ३३ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

कुशल मल्लको बललाई नामिबियाका ब्याटर जोहानेस जोनाथा स्मिटले छक्का प्रहार गरेसँगै नेपाल पराजित हुन पुग्यो । नेपालका लागि ललित राजवंशीले तीन, सोमपाल कामीले २ तथा कप्तान रोहित पौडेलले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ३२ रन बनाउन सक्यो । खेलमा भीम सार्कीले ४४ रन बनाए ।

त्यसैगरी गुल्शन झाले २१ रन जोडे । नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नामिबियाका गेहार्ड एरास्मसले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?