मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले २५ ओभर खेल्दासम्म ६ विकेट गुमाइसकेको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालको इनिङको आधा खेल सकिँदा नेपालले केबल ८३ रन बनाएको छ ।

भीम सार्कीले नेपालको इनिङ सम्हालिरहेका छन् । उनले ८२ बलमा ४२ बनाएर खेलिरहेका छन् । कुशल भुर्तेल शून्य रनमा आउट भए भने आशिफ शेखले ४ रन बनाए ।

त्यसैगरी क्यानाडाविरुद्ध शतक हानेका अनिल साह पनि ८ रनमा आउट भए । कप्तान रोहित पौडेलले एक रन बनाउँदा कुशल मल्ल १५ र सोमपाल कामी २ रनमा आउट भए । अहिले क्रिजमा सार्कीलाई गुल्शन झाले साथ दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?