मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला क्रिकेटमा नेपालको कीर्तिमानी जीत

काठमाडौं- एसीसी वुमेन्स प्रिमियर कपमा नेपालविरुद्ध मालदिभ्स १३ रनमै अल आउट भएको छ ।

मलेशियामा जारी खेलमा नेपालले दिएको २ सय २८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मालदिभ्स १३ ओभर ५ बलमा केबल १३ रनमा अल आउट भयो । यससँगै नेपालले माल्दिभ्सलाई २ सय १४ रनले पराजित गर्‍यो ।

नेपालकी अश्मिना कर्माचार्यले ४ विकेट लिइन् । यसअघि रुविना क्षेत्रीको ऐतिहासिक शतकसँगै नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?