मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसीसी महिला प्रिमियम कप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाडौँ – मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले मालदिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ ।

यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ ।

यता मालदिभ्स भने यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ । यहि कारण मालदिभ्सले नेपालसँगको खेल प्रतिष्ठाका लागि मात्रै खेल्ने छ । 

तुलनात्मक रूपमा कमजोर मालदिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ । नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । मालदिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । 

यस्तै, आजै समूह ‘डी’ को भुटान र हङकङले पनि समूह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?