मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सफलतापुर्वक सम्पन्न भयो टिभिएसको एनओजी राइड

काठमाडौं – टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । कम्पनीले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो ।

उक्त एनओजी राइडमा सहभागीहरु बीच विभिन्न विभिन्न खेलहरु पनि खेलाइएको थियो । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो ।

उक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?