मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेमन्त धामीले गरे अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू

काठमाडौं- क्यानाडाविरुद्ध नेपालका फास्ट बलर हेमन्त धामीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यू गरेका छन् । क्यानाडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा धामीले डेब्यू गरेका हुन् ।

यससँगै उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्ने ४१ औँ खेलाडी भएका छन् । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अहिले क्यानाडाविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

३ खेलको सिरिज नेपालले २–० ले यसअघि नै जितिसकेको छ । पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ४ विकेटले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?