मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल–क्यानडा त्रिकोणात्मक वान डे श्रृंखलाको अन्तिम खेल आज

काठमाडौँ – नेपाल–क्यानडा त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ ।

खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्विप लक्ष्यका साथ खेल्ने छ ।

क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ । यो श्रृंखला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ ।

सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?