मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

काठमाडौँ – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि फाइनल खेल हुँदैछ । नेपाली समय अनुसार अफ्रिकाको बेनोनीमा दिउँसो पौने २ बजे शुरु हुने खेलमा भारत र अस्ट्रेलिया प्रतिस्पर्धामा उत्रिने छन् । 

भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो।

पहिलो सेमिफाइनलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले र दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेट हराएको थियो ।  १४ वटा विश्वकपमध्ये ५ पटक उपाधि जितेको भारत १९ वर्षमुनिको विश्वकप क्रिकेटमा सर्वाधिक सफल टोली हो । 

त्यस्तै दोस्रो सफल टोली अस्ट्रेलियाले ३ वटा विश्वकप जितेको छ । यसपटक नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको हो । तर सुपर सिक्समा नेपाल भारत र बङगलादेशसँग पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?