मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्यानचेस्टर सिटीले एभर्टनलाई हरायो

काठमाडौँ– प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ ।

शनिबार भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा दुई गोल नै एर्लिङ हालान्डले गरे । चोटका कारण डिसेम्बर र जनवरी महिनामा मैदान बाहिर रहेका हालान्ड भर्खर मात्र टोलीमा फर्किएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीका लागि हालान्डले ७१ औँ मिनेटमा गोल गरे । त्यस्तै ८५ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई २–० को गोल अन्तरले जिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?