मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानाडाविरुद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौं- क्यानाडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू १९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, अनिल साहले ५० रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले २३ रन बनाए । क्यानाडाका ईश्वरजोत सोही र हर्ष ठाकेरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्यानाडाले २ सय ८५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य पाएको हो ।

क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक-एक विकेट लिए ।

यससँगै नेपालले तीन खेलको सिरिज एक खेल खेल्नुअघि नै जितेको छ । पहिले खेलमा नेपाल ७ रनले विजयी भएको थियो । नेपालले क्यानाडाविरुद्धको तेस्रो खेल सोमबार टीयू मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?