मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नामिबियासँग

काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउण्ड रोबिनका आधारमा हुने उक्त सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ । फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।

नेपालमा यसै सातादेखि सुरु हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट टोली नेपाल आउँदै छ ।

आइसिसी टी–२० विश्वकप, २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुईवटा सिरिज खेल्न लागेको हो । नेपालले अहिले क्यानडासँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ ।

क्यानडासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज लगत्तै नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । उक्त सिरिज आगामी फागुन ३ देखि १३ गतेसम्म चल्नेछ ।

लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ । उक्त टोलीको कप्तानमा रोहितकुमार पौडेल तथा अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल रहेका छन् ।

त्यस्तै आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल तथा वैकल्पिक खेलाडीमा प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?