मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूक्यासल विरुद्ध लिभरपुलको शानदार जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज बिहान सम्पन्न खेलमा लिभरपुलले सानदार जित निकालेको छ । न्यूक्यासललाई लिभरपुलले ४–२ गोलको फराकिलो अन्तरले हराएको हो ।

लिभरपुलका लागि मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरेका थिए । यस्तै, न्यूक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा गोल गरेका हुन् ।

खेलको ४९औ मिनेटमा गोल गर्दै लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५४औँ मिनेटमा जवाफी गोल गर्दै न्यूक्यासलका इसाकले खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ७४औँ मिनेटमा कर्टिस र ७८औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुल ३–१ को अग्रता दिलाए ।

त्यसपछि ८१औँ मिनेटमा न्यूक्यासलका बोटम्यानले गोल गरे पनि न्यूक्यासललाई हारबाट जोगाउन सकेनन् ।

यो खेलपछि लिभरपुल २० खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । भने पराजित भएको न्यूक्यासल २९ अंकका साथ तालिकाको नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?