मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किबी खेतीमा किसान आर्कषित

किबी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु नगदे बाली छोडेर किबी खेती तर्फ आकर्षित भएका छन् । गुल्मीको धुर्कोटमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । प्रति केजी २ सय पचास देखी ३ सय रुपैयाँसम्म कृषकले किबी बिक्री गर्ने गरेको भण्डारीले बताए ।

४८ हेक्टर क्षेत्रफलमा लगाइको मध्ये २० हेक्टरमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा २०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरूवात भएको मानिन्छ ।

जिल्लामा उत्पादन भएको किबी बिक्रीका लागि बजारीकरणको समस्या छैन् । समुद्री सतहदेखि १ हजार २ सय मिटर भन्दा माथी किबी खेती हुने गर्दछ । जिल्लामा १ हजार २ सय मिटर माथीका भाग धेरै रहेकाले किबी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्न योग्य स्थान छन् । कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा किबी प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ ।

किवी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुँने गर्दछ । यसवर्ष किबी बिशेष कार्यक्रम भनेर कालीगण्डकी गाउँपालिका वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किवी खेती बिस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रकम विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?