मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा देखिने घमौरा र यसको उपचार

के कारणले आउँछ घमौरा ?
– गर्मी मौसममा बाक्लो लुगा लगाउँदा छालामा घमौरा आउँछ।

– धेरै घाममा बस्ने मानिसमा घमौरा आउँछ ।

– अधिक मात्रामा पसिना आउने मान्छेमा घमौरा आउँछ।

– धेरै फोहोर खेल्ने र नियमित हातखुट्टा राम्ररी सफा नगर्दासमेत घमौरा देखिन्छ।

– शरीरमा धेरै फोहोर मैला जम्मा हुनु घमौराको कारण हो।

– खुला र स्वच्छ हावा लाग्ने ठाउँ नहुँदा घमौरा देखिन सक्छ ।

– अधिक मात्रामा तातो पदार्थको सेवन गर्दा गर्मी मौसममा घमौरा आउँछ।

– शरीर धेरै कपडाहरूले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ।

घमौराको घरेलु उपचार
– घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।

– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौरा भएको ठाउँमा लगाए आराम मिल्छ।

– घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।

– घमौरामा लोसन लगाउनाले चिलाउने क्रम कम हुन्छ र जलन मेटिन्छ।

– दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।

– लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।

– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।

– गर्मीबाट हुने घमौराजन्य घाउ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।

– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।

– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।

– घमौराको समस्याबाट टाढै रहन कागती पानी खाइरहने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?