मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाइड्रोजनबाट चल्ने यामाहाको कन्सेप्ट भेहिकल सार्वजनिक

काठमाडौं– यामाहाले हाइड्रोजनबाट चल्ने कन्सेप्ट भेहिकल सार्वजनिक गरेको छ । यामाहाले सार्वजनिक गरेको उक्त कन्सेप्ट भेहिकललाई ‘ड्राइभ एच २’ नाम दिइएको छ । अमेरिकाको फ्लोरिडामा आयोजित २०२४ पीजीए शोमा ड्राइभ एच २ सार्वजनिक गरिएको हो ।

यामाहाले सार्वजनिक गरेको उक्त कारमा दुईओटा हाइड्रोजन ट्याङ्क रहेको छ । प्रत्येक ट्याङ्कमा २५ लिटरसम्म हाइड्रोजन भण्डारण गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि सन् २०२२ को जनवरीमा यामाहाले मा हाइड्रोजन इन्जिन विकास गर्नका लागि अर्को मोटर निर्माता कम्पनी कावासाकीसँग साझेदारीको घोषणा गरेको थियो । त्यसपछि यामाहाले अर्को मोटर निर्माता टोयोटासँग पनि हाइड्रोजन इन्जिनका लागि सहकार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?