मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू १९ विश्वकपको सुपर सिक्समा नेपाल र बंगलादेश भिड्दै

काठमाडौ‍ं- आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशको सामना गर्दैछ । खेल दक्षिण अफ्रिकाको ब्लोम्फेन्टिनमा नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

मंगलबार भएको खेलमा भारत र पाकिस्तानले जित निकालेपछि एउटा पनि खेल नखेल्दै नेपाली टिम सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ ।

बंगलादेशको भने गणितिय सम्भावना बाँकी नै छ । सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ । नेपाल समूह ‘डी’ बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो ।

समूह चरणको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजय व्यहोरेको थियो भने र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपाल सुपर सिक्समा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?