मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसियन कप फुटबल : जोर्डन र कतार क्वार्टरफाइनलमा

 काठमाडौँ – एएफसी एसियनकप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्  । गए राती भएको खेलमा प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जीत निकाल्दै कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो । 

प्यालेस्टाइनका लागि ओडे दब्बाघले ३७ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त छैटौँ मिनेटमा कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए ।

अकरम अफीफले ४९ औँ मिनेटमा गोल गरेपछि कतारले २–१ गोलको अग्रता बनाएको थियो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन भने कतार २–१ ले विजयी बन्यो । 

यता दश जनामा सीमित इराकविरुद्ध इन्ज्युरी समयमा दुई गोलका साथ नाटकीय पुनरागमन गर्दै जोर्डन पनि एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जोर्डनले इराक विरुद्ध ३–२ को जीत निकाल्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । जोर्डनले अब सेमिफाइनल प्रवेशका लागि ताजिकिस्तानसँग  पर्सि फेब्रुअरी २ मा खेल्नेछ ।

आज उज्वेकिस्तान र थाइल्याण्ड तथा साउदी अरेबिया र दक्षिण कोरियाबिच खेल हुँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?