मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् टिमुरका औषधीय गुणहरू

भान्सामा प्रयोग हुने टिमुरबारे हामी सबै जना परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।

यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र नभई ओखतीको रूपमा समेत काम गर्छ ।

नेपालको महाभारत पर्वत शृङ्खलाको १२०० देखि २५०० मिटर सम्मको उचाइमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिक रूपमा समेत खेती गर्ने गरिएको पाइन्छ ।

बोट भरी नै केही चेप्टो परेको तीखो काडाँहरु हुन्छन् । टिमुरको डाँठको दुबैतिर स–साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरू पलाएका हुन्छन् । टिमुर स–साना, राता, चार देखि पाँच मिलिमिटर ब्यासको हुन्छ । फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो परपराउने हुन्छ ।

यी फलहरूबाट बास्ना पनि आउँछ । काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकिसकेपछि रातो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ ।

नेपालमा टिमुरको प्रयोग मसलाको रूपमा गरिन्छ । विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जङ्गली जुका फाल्न, पेटको विकार फाल्न, जैविक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ । यसको फल, रुखको बोक्रा, फूल लगायत सबै भागलाई मन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको विकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ । टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई ऊर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाड जोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्ट लगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।

आँखाको दृष्टि कम भएका मानिसले नियमित रूपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून रक्तचाप भएका व्यक्तिलाई पनि टिमुरले निकै फाइदा पु¥याउने गर्छ । गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरी निको गराइन्छ ।

टिमुरको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ । टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ । कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ ।

यसले भोक जगाउने काम गर्छ । टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुकाहरूलाई मार्नको लागि पनि सहयोग पुराउँछ ।

यसका औषधीय गुणहरूः

–यो विशेष गरी पाचन क्रिया कमजोर हुने बिरामीहरूको लागी सफल औषधी हो । 

–हैजाको सङ्क्रमण चलेको समयमा यो निकै उपयोगी मानिन्छ ।

–टिमुरको सेवनले घाउ खटिरामा पनि फाइदा पुर्‍याउने गर्छ । टिमुरको फल खुवाउने, यसको बोक्राको रसले घाउ धुनाले निकै लाभ हुन्छ ।

–यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने गर्छ ।

–मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । 

–बाथ, आँखा, कान र ओठको रोग, दम, पिसाब सम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?