मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कभर्डहल नहुँदा बास्केटबल कोर्टमा कराँते 

तनहुँ– सामान्यतया कराँते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराँते खेलाउनुपर्ने बाध्यता छ ।  

कभर्डहलको अभावमा नेपाल कराँते महासङ्घ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा कराँतेकाे छनोट प्रतियोगिता गरेको छ । हैरान्स क्लबले निर्माण गरेको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका नौ वटा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन् । 

पूर्वाधार अभावका कारण बास्केटबल कोर्टमा कराँतेको प्रतियोगिता आयोजना गर्नुपरेको नेपाल कराँते महासङ्घ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए । कभर्डहल नहुँदा बास्केटबल कोर्टमा भए पनि खेल खेलाएर खेलाडी छनोट गरिएको उनले बताए । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सङ्घीयतापछि तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पनि खेल क्षेत्रको भावना बुझ्न नसकेको गुनासो गरे । 

यता कराँते खेलाडी तनहुँका मनिषा पुनले पूर्वाधार निर्माण भइदिए खेल्न सहज हुने बताइन । ‘हामी देशका लागि खेल्छौ, देशले हाम्रा लागि पूर्वाधार बनाइदिनुपर्छ ’ – उनले भनिन् ।

यसैबिच यही माघ १८ गतेदेखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी चयन गरिएको छ । 

नेपाल कराँते महासङ्घ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशको तर्फबाट खेलाडी छनोट गरेको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए ।

विभिन्न जिल्लाका खेलाडीबिच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उनले बताए। उनका अनुसार महिला र पुरुष गरी कुल २० खेलाडी छनोट गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?