मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इंग्लिस प्रिमियर लिग : आर्सनलले गुमायो शीर्ष स्थानमा उक्लने मौका

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत गएराती भएको खेलमा फुलहमसँग आर्सनल २–१ गोल अन्तरले पराजित भएको छ । यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो । 

खेलको सुरुवातमा नै बुकायो शाकाले आर्सनललाई अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा राउल जिमिनेजले फुलहमका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा बबी डेकोर्डोभा रिडले १ गोल थप्दै फुलहमलाई जित दिलाए ।

फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एक एक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल गरेका थिए ।

यो खेलपछि २० खेलबाट फुलहम २४ अंकका साथ १३औँ स्थानमा रहेको छ भने ४० अङ्क भएको आर्सनल चौथो स्थानमा छ ।

यो खेल जितेको अवस्थामा आर्सनललाई शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । शीर्षस्थानमा रहेको लिभरपुलको ४२ अङ्क छ । यस्तै, दोस्रो स्थानको एस्टन भिल्लाको पनि ४२ अङ्क नै छ ।

हिजो नै भएको अर्को खेलमा टोटनह्याम हटस्पर्ससंग बोर्नेमाउथ ३–१ गोलले स्तब्ध भएको छ। स्पर्सको जीतमा  पापे सार, सान ह्युङ मिन र रिचार्लिसनले एक–एक गोल गरे ।

खेलको अन्त्यतिर बोर्नेमाउथका एलेक्स स्कटले सान्त्वना गोल गरे पनि त्यो हार टार्न पर्याप्त थिएन ।  २० खेलबाट ३९ अङ्कसहित स्पर्स लिगको पाँचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ भने २५ अङ्कसहित १२ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?