मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

६ पटक विश्व च्याम्पियन बनेकी भारतीय बक्सिङ खेलाडी मेरी कोमले लिइन् सन्यास

काठमाडौँ –  विश्वचर्चित भारतीय बक्सिङ खेलाडी मेरी कोमले सन्यास लिएकी छिन् । कोमले एक इभेन्टका दौरान बक्सिङ खेलाडीका रूपमा आफूले विश्राम लिएको घोषणा गरेकी हुन्।

पटक विश्व च्याम्पियन बनेकी  उनले  पछिल्लो पटक २०२२ मा कमनवेल्थ खेलका दौरान ट्रायलमा आफ्नो अन्तिम खेल खेलेकी थिइन्।

अहिले  ४१ वर्षको उमेर भएकी कोमले २०१२ को लन्डन ओलम्पिकमा भारतलाई काश्य पदक दिलाएकी थिइन। साथै उनी ६ पटक विश्व बक्सिङ च्याम्पियनसमेत बनेकी थिइन्। उनी यो उपलब्धि हासिल गर्ने एक्लो महिला खेलाडीसमेत हुन्।

साथै मेरी कोम ५ पटक एसियन च्याम्पियनसमेत भएकी थिइन्। उनी यो उपलब्धि हासिल गर्ने पनि एक्लो महिला खेलाडी हुन्।

सन्यास घोषणा गर्दै उनले आफूलाई अझै पनि प्रतियोगितामा भाग लिने भोक बाँकी भए पनि अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घले यस्तो गर्न अनुमति नदिने बताएकी छन् । 

पुरुष तथा महिला बक्सरलाई ४० वर्षको उमेरसम्म मात्र प्रतिस्पर्धाको मौका दिने भएकाले अब आफूले चाहेर पनि ठुला प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाउने उनले प्रस्ट पारेकी हुन् । 

१८ वर्षको उमेरमा बक्सिङ करिअर सुरु गरेकी कोमले २००२, २००५, २००६, २००८, २०१० र २०१८ मा विश्व च्याम्पियन बनेकी थिइन्।

२००८ को उपाधि जितेपछि उनले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्। त्यसपछि उनी पुन : दुई वर्षपछि २०१० मा विश्व च्याम्पियन बनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?