मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आहा रारा पोखरा गोल्डकपकाे २३औँ संस्करण आजबाट

काठमाडौँ – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औँ संस्करण आजबाट सुरु हुँदै छ ।

पोखरा रंगशालामा २० माघसम्म चल्ने गोल्डकपको उद्घाटन खेलमा थ्री स्टार क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ । गोल्डकपमा उनीहरुको  यो तेस्रो भेट हो ।

अहिलेसम्म थ्री स्टारले पाँच पटक र सहाराले एक पटक गोल्ड कप प्रतियोगिताको उपाधि उचालेका छन् । 

०६३ को संस्करणअन्तर्गत सेमिफाइनलमा थ्री स्टारले सहारालाई ३–० ले हराएको थियो । ०६९ को फाइनलमा थ्री स्टार १–० ले विजयी भएको थियो । 

दुवै टोलीका कप्तान र प्रशिक्षक जितसहित अघिल्लो चरणमा पुग्ने दाबी गरेका छन् । थ्री स्टार यसअघिका दुई खेलको जितलाई निरन्तरता दिन मैदान उत्रँदै छ ।

सहारा यसअघिका दुई खेलमा व्यहोरेको हारको बदला लिने मनसायका साथ मैदान प्रवेश गर्नेछ । दुवै टोली आक्रामक रूपमा प्रस्तुत हुने र विपक्षीको खेलअनुसार आवश्यक रणनीति बनाउने योजनामा छन् । 

प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदै छन् ।

प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङलेका अनुसार प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?