मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जब बाल्यकाल सम्झेर रुन थालिन मलाइका अरोडा

बलिउड अभिनेत्री मलाइका अरोडा अहिले ‘झलक दिखला जा’ मा जजका रूपमा छिन् । त्यसैमा एक प्रतिस्पर्धीको प्रस्तुतिले आफ्नो विगत सम्झेर उनी भावुक बनेकी छिन् । 

महाराष्ट्रको ठाणे मा जन्मिएकी मलाइका आमा बुबा अलग भएपछि बहिनीका साथ आमासँगै चम्बुर गएकी थिइन् । 

सेलिब्रेटी डान्स रियालीटि सो को नयाँ एपिसोडमा पहलवान संगीता फोगाटले कोरियाग्राफर भरत घरेका साथमा प्रस्तुति दिएकी थिइन् । 

राजनीतिक थ्रिलर ‘संघाई’ फिल्मकाे तथा  अरिजित सिंह,नंदीनी श्रीकर र शेखर रनजियानीको स्वर रहेकाे ‘जो भेजी थी दुआ’ बोलको यो गीतमा उनको प्रस्तुति  निकै सन्देश मुलुक  थियो ।

यसको प्रस्तुतिमा मजदुर को को दुर्दशा देखाउँदै फोगाटले  अथक मेहनतले अरूको घर बनाउने तर आफ्नै घर भने बनाउन नसक्ने दृश्य देखाएकी  थिइन् । 

 यही प्रस्तुति पछि भावुक बनेकी मलाईकाले आफू पनि सानोमा भाडाको घरमा बस्ने गरेको बताइन् । बाल्यकाल ताजा बनेर आएको बताएकी उनले प्रस्तुतिको कन्सेप्टको खुलेर तारिफ गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?