मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड ‘स्टार’ले भरिँदै अयोध्या,को को जाँदै छन् राममन्दिर प्राण प्रतिष्ठामा ?

आज राम जन्मभूमि अयोध्यामा राम मन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा हुँदै छ । निकै चर्चामा रहेको यो समारोहमा को को उपस्थित रहन्छन भन्ने चासो व्याप्त छ ।

७ हजार बढी भिभिआइपीलाई निमन्त्रणा गरिएको यो समारोहमा कुन कुन बलिउड ‘स्टार’ सहभागी हुँदै छन् त ?

रणबीर कपूर र आलिया भट्ट :
रणबीर कपूर र आलिया भट्ट अयोध्याका लागि निस्किएका छन् । यी दुई बलिउड स्टारलाई समारोहमा सहभागी हुने निमन्त्रणा छ ।

जहाँ रणबीर धोती कुर्तामा र आलिया सारीमा देखिएकी छिन् । उनीहरुसंगै रोहित शेट्टी पनि देखिएका छन् 

अभिताभ बच्चन
बलिउडमा ‘बिग बी’को उपनामले समेत परिचित अमिताभ बच्चन पनि अयोध्या जाँदैछन् । उनलाई विहान मुम्बई एयरपोर्टमा देखिएको थियो । उनीसँगै अभिषेक बच्चन पनि थिए । 


कैटरीना कैफ र विक्की कौशल

अभिनेत्री कैटरिना कैफ र अभिनेता विक्की कौशलको जोडी पनि अयोध्याका लागि निस्किएको छ । उनीहरूलाई एयरपोर्टमा देखिएको थियो । 

यसका साथै माधुरी दीक्षित पनि पती श्रीराम नेनेका साथमा प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन अयोध्या गएकी छिन् ।

उनका अलावा रामानन्द सागरको धारावाहिक ‘रामायण’ मा श्रीराम,सीता र लक्ष्मणको रोल गरेका अरुण गोविल,दीपिका चिखलिया र सुनिल लहरी पनि अयोध्या मै छन् । उनीहरू पनि समारोहमा सहभागी हुने छन् ।

त्यस्तै कंगना रनौत आइतबार नै अयोध्या पुगेकी छिन् । त्यस्तै दक्षिण भारतीय कलाकारहरु पनि अयोध्या पुगेका छन् । जसमा रजनीकान्तको नाम समेत सामेल हुदाँ अन्य गायक गायिका समेत पुगेका छन् ।

जसले केही दिन अघिबाटै साङ्गीतिक प्रस्तुति दिएका खबरहरूले भारतीय मिडिया भरिदा अयोध्या कलाकारमय भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?