मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्पेनिस ला लिगा : शीर्षस्थानमा उक्लियो जिरोना 

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको छ । गए राति भएको खेलमा सेभिल्लालाई जिरोनाले ५–१ गोलले पराजित गरेको हो । 

जिरोनाका लागि आर्टेम डब्बीकले ह्याट्रिक गरेको खेलमा भिक्टर त्यह्यान्कोभ र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए । यस्तै, सेभिल्लाका इसहाक रोमेरो बर्मालले एक गोल गरेका थिए ।

खेलमा सेभिल्लाका रोमेरोले १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि जिरोनाका आर्टेमले १३औँ, १५औँ र १९औँ मिनेटमा गरेका थिए । यस्तै, जिरोनाकै  भिक्टरले ५६औँ मिनेट तथा स्टुआनीले ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–१ गोलको जित दिलाए ।

यो जितसँगै जिरोना २१ खेलबाट ५२ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५१ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको सेभिल्ला १६ अङ्कसहित १७औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?