मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू– १९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल आज न्युजिल्याण्डसंग खेल्दै

काठमाडौँ– आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।  समूह ‘डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेल टेष्ट मान्यता प्राप्त न्यूजिल्याण्डसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुनेछ । आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् ।

हिजो दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग र शुक्रबार तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ ।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समुहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन् ।  सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?