मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

जारी लिगमा नेपाल पुलिस अपराजित रहेको छ । अहिलेसम्म दुई खेल खेलेको पुलिस ४ अंक जोडेर चौथो स्थानमा रहेको छ । यस्तै, त्रिभुवन आर्मी तीन खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा तीन खेल खेलेको गण्डकी र ५ खेल खेलेको कोशी प्रदेश जित विहीन छन् ।

प्रतियोगितामा ३ खेलबाट ६ अंक जोडेर सुदूरपश्चिम शीर्षस्थानमा रहँदा ५ खेल खेलेको बागमती ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, ५ खेल नै खेलेको मधेश प्रदेश ६ अंकका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?