मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू– १९ विश्वकप क्रिकेट आयोजक दक्षिण अफ्रिकाको विजयी सुरुवात 

काठमाडौँ – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आयोजक दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।

उसले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो । पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । उसका डेवन मारिसले ६५ रन बनाए ।

वेस्ट इन्डिजका नाथन सेलीले ३ तथा नाथन इडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए । तर वेस्ट इन्डिज ४० ओभर १ बलमा २ सय ५४ रनमा अलआउट भयो ।

उसका जेवेल एन्ड्रियुलले शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका क्वेना माफाकाले ५ विकेट लिए । 

हिजो नै भएको अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । अमेरिकाले दिएको १ सय ६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४० ओभर २ बलमा १ सय ५ रनमा अलआउट भएको थियो । आज स्कटल्यान्ड र इंग्ल्यान्ड, पाकिस्तान र अफगानिस्तान तथा बङ्गलादेश र भारतबिच खेल हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल भोलि न्युजिल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?