मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी यू–१९ क्रिकेट विश्वकप : आज दुई खेल हुँदै

काठमाडौँ – आईसीसी यू–१९ क्रिकेट विश्वकप आजबाट सुरु हुँदै छ । विश्वकपको पहिलो दिन आज दुई खेल हुनेछन् ।

पहिलो खेलमा आयरल्यान्डले अमेरिकासँग प्रतिस्पर्धामा उत्रिदा घरेलु टोली साउथ अफ्रिकाले वेस्ट इन्डिजसँग खेल्ने छ । 

यता नेपालले भने  अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण अफ्रिकामा हुन लागेको १५औँ संस्करणको यो विश्वकपमा नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

सन् १९८८ मा सुरु भएको यू–१९ क्रिकेट विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो ।

सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको युवा टोलीले सन् २००० मा पहिलो पटक विश्वकप खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?