मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं – अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले बंगलादेशमा हुने साफ यू-१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू-१९ राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान खेल्दै छन् ।

फेब्रुअरी २ देखि ८ सम्म हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ। त्यस्तै फेब्रुअरी ४ मा भुटानसँग खेल्ने छ भने फेब्रुअरी ६ मा भारतसँग खेल्ने छ । यस पछि शिर्ष दुई टिमले फेब्रुअरी ८ मा फाइनल खेल्ने छन् ।

नेपाली टिम :

गोलकिपर : सुजाता तामाङ, करुणा बुढाथोकी र लीला जोशी ।
डिफेन्डर : दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के ।
मिडफिल्डर : ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ ।
फरवार्ड : सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?