मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कप : एपीएफमाथि मधेश प्रदेश ५ विकेटले विजयी

काठमाडौं – मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप अन्तर्गत बिहीबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मधेश प्रदेशको जितमा रुपेश सिंहले सर्बाधि ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज यादवले ५२ रन बनाएका थिए ।यस अघि पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

एपीएफका लागि आसिफ सेखले ५९ र कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए । त्यस्तै अमर राउटेलाले अविजित ४९ रन बनाएका थिए । त्यसैगरी मधेशका बलर रुपेश सिंह र प्रदिप पासवानले ३-३ विकेट लिएका थिए ।

जारी पीएम कपमा मधेशको चौथो खेलमा दोस्रो जित हो । यो जितपछि मधेश प्रदेश अंक तालिकामा सातौ स्थानमा रहेको छ ।त्यस्तै एपीएफले भने आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । एपीएफको ३ खेलमा ४ अंक छ र अंकतालिकामा चौथो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल आगामी सोमबार भैरहवामा नेपाल पुलिस क्लबसँग खेल्ने छ भने मधेश प्रदेशले शनिबार टियु मैदानमा कर्णाली प्रदेशको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?