मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि आईसीसीले लगायो २ वर्षको प्रतिबन्ध

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बङ्गलादेशी क्रिकेटर नासिर हुसेनमाथि २ वर्षको प्रतिबन्ध लगाएको छ ।

काउन्सिलले ३२ वर्षीय नासिर हुसेनलाई २०२३ मा भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेको आरोप लगाएको थियो ।

पछि उनी यस आरोपमा दोषी पाइएका थिए । अब उनलाई ७ अप्रिल २०२५ सम्म प्रतिबन्ध लगाइनेछ । 

बङ्गलादेशी अलराउन्डर नासिरलाई अज्ञात व्यक्तिले ७५० अमेरिकी डलरभन्दा बढी मूल्यको आइफोन उपहार दिएका थिए ।

हुसैनले यसबारे न त बोर्डलाई जानकारी दिएका थिए न त भ्रष्टाचार विरोधी अधिकारीलाई । यति मात्र नभइ उनले अनुसन्धानमा अधिकारीलाई पनि सहयोग गरेका थिएनन् ।

यसलाई आईसीसीको संहिताको धारा २.४.३ को उल्लङ्घन मानिएको छ । यद्यपि नासिरले तीन वटै आरोप स्वीकार गरेका थिए ।

२०११ देखि २०१८ सम्म बङ्गलादेशका लागि सबै ढाँचामा ११५ खेल खेलेका नासिर हुसेनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल २५ जनवरी २०१८ मा श्रीलङ्का विरुद्ध खेलेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?