मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज कर्णाली प्रदेश र लुम्बिनी तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ ।

यस्तै आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

बागमतीले ले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जित र २ खेलमा हार बेहोरेको छ । यस्तै त्रिभुवन आर्मी क्लबले एक खेलमा जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?