मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दोस्रो अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौँ– विश्वकप खेल्न अफ्रिकामा रहेको आईसीसी यू– १९ नेपाली टोलीले अभ्यास खेल अन्तर्गत आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । 

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ । यसअघि खेलेका तीन वटै अभ्यास खेल जितेको नेपालले शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । 

विश्वकपमा नेपालसहित १६ देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् ।

१९ वर्षमुनिको विश्वकप आउँदो शुक्रवारदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?