मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेस्सीलाई तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

काठमाडौँ – अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । 

लन्डनमा आज बिहान एक समारोहकाबिच उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको हाे ।

यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।

यो अवार्डको निर्णयका लागि राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले मत दिएका थिए । 

आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । 

मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए ।

मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए । यसै गरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?