मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आर्मीको शानदार सुरुआत, मधेश प्रदेश १२६ रनले पराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ । सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८.४ ओभरमा अल आउट हुदै १९४ रन मात्र बनाएको थियो । मधेशका लागि पवन सराफले सर्बाधिक ६५ रन बनाए भने मयन यादवले ३४ तथा राजेश यादवले ३२ रन बनाएका थिए ।

त्यसै गरि आर्मीका बलर शहाब आलमले सर्बाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा अलआउट हुदै ३२० रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिंग गर्दै ११३ रन बनाएका थिए । भण्डारीदले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए । त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भिम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।

यो आर्मीको पहिलो खेलमा पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले आफ्नो दोस्रो खेल बुधबार बागमती प्रदेशविरुद्ध मुलपानीमा खेल्ने छ भने मधेश प्रदेशले मंगलबार बागमतीकै सामना गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?