मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल हुँदै छन् ।

पहिलो खेलमा मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

यस्तै, एपीएफ र कोशी प्रदेशबिचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ ।

यसै गरी आजको तेस्रो तथा अन्तिम लुम्बिनी र सुदूरपश्चिम प्रदेशबिचको खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा बिहान ९ बजे सुरु हुनेछ ।

हिजो भैरहवामा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । गण्डकीको यो लगातार दोस्रो हार हो ।

यस्तै हिजो एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बागमतीको भने यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?