मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कप : बागमतीमाथि एपीएफ ८९ रनले विजयी

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । एपीएफले दिएको २४२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४२।५ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो ।

बागमतीको ब्याटिंग लाइनअप ध्वस्त गर्नेक्रममा एपीएफका कप्तान रोहित पौडेलले सर्बाधिक ४ विकेट लिएका थिए भने अविनाश बोहोरा र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यस्तै पुरन बिक र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।

बागमतीका लागि कप्तान रित गौतमले सर्बाधिक ६० रन बनाए भने आशुतोष घिरइयाले ४१, रबिन जोशीले २० तथा बिबेक मगरले १५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४१ रन बनाएको थियो । केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए ।

त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए । त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए । त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए ।

त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए ।

यस खेलको प्लेयर अफ द म्याच सन्दीप जोरा बनेका थिए । अब एपीएफले अर्को खेल भोलि सोमबार नै कोशी प्रदेशविरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिका रहेको छ । त्यस्तै बागमतीले भने लगातार दोस्रो हार बेहोरेको छ । अब बागमतीले आफ्नो तेस्रो खेल मंगलबार मधेश प्रदेशविरुद्ध मुलपानीमै खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?