मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट आजबाट

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

पहिलो दिन आज नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबिच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबिच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबिच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

एक दिवसीय प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टोली सहभागी छन् ।

प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने तालिका छ भने लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रङ्गशाला भैरहवामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?